कैलाली कांग्रेसका क्षेत्रीय प्रतिनिधिले छाडे पार्टी

कैलाली । कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधिलाई स्वतन्त्र उम्मेदवारको पक्षमा वकालत गरेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

धनगढी वडा नम्बर ४ मा क्षेत्रीय प्रतिनिधि हरि रेग्मीलाई कांग्रेस जिल्ला सभापति नारायणदत्त भट्टले सत्ता गठबन्धनका विरुद्धमा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवारको पक्षमा प्रचार प्रसार गरेको, स्वतन्त्र उम्मेदवारको पक्षपोषण गर्दै सार्वजनिक अभिव्यक्ति दिएको र सामाजिक सञ्जालमा पनि त्यहि रुपमा प्रस्तुत भएको प्रमाणसहित उजुरी प्राप्त भएको भन्दै स्पष्टीकरण सोधेका थिए ।

शनिबार सोधिएको स्पष्टीकरणको जवाफ रेग्मीले आज दिएका छन् । उनले उल्टै सभापति भट्टलाई ५ बुँदे आरोप लगाउँदै आफू अब स्वतन्त्र रहेको स्पष्ट पारे । आफूले स्वतन्त्र उम्मेदवारको प्रचार गरेको प्रमाण माग्दै रेग्मीले सभापति भट्टले स्वतन्त्र उम्मेदवारको प्रचार सामाग्री सेयर गरेको आरोप लगाए ।

उनले पत्रमा कार्तिक २० गते देखी आफू स्वतन्त्र भएको समेत उल्लेख गरेका छन् ।

‘२०४५ सालदेखि नेविसंघको सदस्य हुँदै थालिएको यात्रा आज २०७९ साल कार्तिक २० गतेका दिन नेकाको सदस्यता त्याग गरि स्वतन्त्र नागरिक भएको कुरा यहाँलाई यसै पत्रमार्फत जानकारी गराउँछु’ रेग्मीले जिल्ला सभापतिलाई बुझाएको पत्रमा भनिएको छ ।

Comments

One response to “कैलाली कांग्रेसका क्षेत्रीय प्रतिनिधिले छाडे पार्टी”

  1. ksp pyl Avatar
    ksp pyl

    सहि निर्णय । काँग्रेसजस्तो लुटाहा र लुटन पाए देशै बेच्ने पार्टीमा लाग्नु ठिक छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *