रावण राज अन्त्य गर्न जनमत पार्टीलाई मत दिनुस् : सिके राउत (भिडिओ)

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा सिके राउतले रावण राज अन्त्य गर्न जनमत पार्टीलाई मतदान गर्न आग्रह गरेका छन् ।

रुपन्देहीको क्षेत्र नम्बर ४ मर्चवारको चुनावी सभालाई सम्बोधन गर्दै डा राउतले पुराना राक्षस रुपी दलहरुबाट देशको परिवर्तन सम्भव नरहेको भन्दै राउतले यसपटक त्यसको विकल्पमा जनमत पार्टीलाई मतदान गर्न आग्रह गरे ।

अध्यक्ष राउतले जनताका लागि कुनै काम गर्न नसकेकोले सत्ता, शक्ति आफ्नै हातमा भए पनि दलहरु एक्लै जनतामा जान नसकेको बताउँदै पाँच पाँच दलको दुई गठबन्धन बनाएर चुनाव लड्नु पर्ने अवस्था आउनु दुःखद भएको बताए । उनले एकातिर पाँच दल र अर्को तिर पाँच दलको गठबन्धन छ, यो गठबन्धन देश विकासका र जनताको लागि नभई ठगबन्धन भएको तर्क गरे ।

सामुदायिक समाजवाद ल्याउन देशै भरि जनमत पार्टीका उम्मेदवारहरुलाई मतदान गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रदेश सभाका उम्मेदवार ४ क का जितेन्द्र नाथ शुक्ला र ख का विरेन्द्र जैसवालले पनि मर्चवारको परिवर्तनको लागि जनमतलाई एक मौका दिनु बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *