काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा २ मा आफ्नो कोही प्रतिस्पर्धी नदेखेको टिप्पणी गरेका छन् ।
शुक्रबार गोरखा सदरमुकाममा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘मैले त वास्तवमा कोही पनि प्रतिस्पर्धी नभएजस्तो लागेको छ । प्रतिस्पर्धी मैले पत्ता लगाउन सकेको छैन । प्रतिस्पर्धी को भन्ने चिनेको पनि छैन । देखेको पनि छैन । अस्ति ४४ आज ५ वटा भेटघाट गरियो । मैले प्रतिस्पर्धी देखेको छैन ।’
प्रतिगमनका विरुद्ध गठबन्धन बनेकाले संविधान र लोकतन्त्रको रक्षा गर्नु नै मुख्य उद्देश्य भएको बताए । प्रतिगमनले अझै राजावादी र संविधान विरोध एक भएकाले गठबन्धनविरोध खडा भएको टिप्पणी गरे ।
चुनावपछि सत्ताको नेतृत्व गर्ने बिषयमा गठबन्धनमा कुनै ठोस सहमति नभएको बताए ।
उनले भने, ‘मैले भावी प्रधानमन्त्री भनेर घोषणा गरेको छैन। साथीहरुले भनिराख्नुभएको छ। सम्भावित त मैले होइन किन भन्नु । सम्भावना त हो । देशको नेतृत्व गर्ने अवसर आयोभने पन्छिने पक्षमा पनि म छैन। तर, प्रधानमन्त्रीको निम्ति मरिहत्ते गरेको छैन ।’
गोरखा २ मा प्रचण्डविरुद्ध नेकपा एमालेबाट अब्दुस मियाँ चुनावी मैदानमा छन् ।

Leave a Reply