हजुरबुबासँग वृद्धभत्ताको पैसा मागेर रिचार्ज गर्नेले एमालेले केही गरेन भन्छन्: शेरबहादुर तामाङ

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा सिन्धुपाल्चोक २ का उम्मेदवार शेरबहादुर तामाङले सिन्धुपाल्चोक जिल्ला मात्रै नभएर राष्ट्र निर्माणको योजना एमालेसँग भएको दाबी गरेका छन्।

शुक्रबार सिन्धुपाल्चोकको इन्दावती गाउँपालिकामा आयोजित चुनावी सभामा बोल्दै एमालेलाई भोट हाल्दा अहिलेसम्म गरेको विकास निर्माणको काम र सेवालाई न्याय मिल्ने बताए।

उनले भने, ‘यहाँ धेरै बुबा र आमाहरु हुनुृहुन्छ। कोही एउटा सानो सानो भाइ पनि अर्को पार्टी सदस्य छन् भने एमालेले केही गरेन भन्छ। अनि त्यही भाइ पनि स्कुलमा पढ्न जाँदा एमालेले नै निर्णय गरेको स्कुलमा निशुल्क खाजा खान्छ।’

एमालेले सुरु गरेको वृद्धभत्ताको रिचार्ज गरेर एमालेले केही गरेन भनेर लेखेको उनले टिप्पणी गरे।

‘अनि अर्को भाइ एमालेको होइन अर्को पार्टीको सदस्य छ भने फेशबुकमा लेख्छ एमालेले केही गरेन, शेरबहादुरले केही गरेन भनेर। अनि म भन्छु तीनै भाइपनि आफूसँग कमाइ त हुँदैन’ उनले भने, ‘हजुरबुबाको छेउमा यसो ढेसिएर बसेपछि पैसा मागेको होला नातिले भन्ने लाग्छ नि। अनि त्यही भत्ताबाट आएको पैसा मोबाइलमा रिचार्ज हालेर फेसबुकमा लेख्छ एमालेले केही गरेन भनेर।’

एमालेले भूकम्पछिका पुनर्निर्माणको काम सकाएर अहिले पूर्व पश्चिम रेलमार्गको काम थालिसकेको बताए। देशलाई सुरुङमार्गको युगमा प्रवेश गराइसकेको समेत उनको भनाइ छ। राष्ट्रियताको सवालमा पनि एमालेले गरेको बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *