प्रदेश सचिवालय सदस्य केपी लामिछानेसहित नेकपा एसका नुवाकोटका नेताहरु एमालेमा प्रवेश

काठमाडौं । नेकपा एकीकृत समाजवादीका वागमती प्रदेश सचिवालय सदस्य तथा नुवाकोटका प्रभावशाली नेता केपी लामिछानेसहित नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । वुधबार एमाले पार्टी कार्यालय ललितपुर च्यासलमा अध्यक्ष केपी शर्मा ओलीले लामिछाने सहित १० जना जिल्ला कमिटी सचिवालय सदस्यहरू र कमिटीका नेता कर्यकर्तालाई पार्टीमा स्वागत गरे ।

प्रवेश गर्ने जिल्ला कमिटी सचिवालय सदस्यहरूमा मेघराज लामिछाने, दिपक पाठक, ठाकुर भण्डारी, राजन थापा, हरी गिरी, प्रेम तमाङ, यमसिं तामाङ, फुर्पाछिरिङ तामाङ, देवकी पाठक, रघु पण्डित सदस्यहरू राजेन्द्र खतिवडा लगायत रहेका छन् । त्यस्तै, नेकपा एसका प्रदेश कमिटी सदस्य जितबहादुर बलामीले पनि एमाले प्रवेश गर्ने प्रतिवद्धता जनाएको एमाले नुवाकोटका उपसचिव निलकण्ठ आचार्यले बताए ।

लामिछाने स्थानीय तह निर्वाचनमा नेकपा एसबाट तादी गाउँपालिका अध्यक्षको उम्मेदवार बनी १९४० मत पाएका थिए भने एमालेका बिजय खनालले १८३० मत पाएका थिए । सो पालिकामा कांग्रेसका सन्तमान तामाङ ३२४१ मतसहित विजयी हुँदा माओवादी केन्द्र दोस्रो थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *