अतिक्रमित भूभाग फिर्ता लिन पहल गर्ने नेकपा एसको घोषणा

काठमाडौं । नेकपा एकीकृत समाजवादीले मित्र राष्ट्रसँंगको सीमा समस्या समाधान गर्न पहल गर्ने घोषणा गरेको छ। आगामी निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै अतिक्रमित नेपाली भूभाग फिर्ता लिन उच्च प्राथमिकतासहित कूटनीतिक पहल गर्न दबाब दिइने बताएको हो ।

घोषणापत्रमा भनिएको छ, ‘नेपालको अन्तर्राष्ट्रिय सिमानालाई अन्तर्राष्ट्रिय कानून र स्थापित मूल्य मान्यताअनुरुप नियमित गर्ने, देशको सिमाना दशगजा क्षेत्रलाई व्यवस्थित गरी राष्ट्रिय सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै देशबाट बाहिरिने र देशमा भित्रिने मानिसहरूको व्यवस्थित रेकर्ड राखिने छ ।’

खुला सिमानालाई व्यवस्थित गर्न सक्दा मानव बेचबिखन तथा ओसारपसार र अन्य अपराधहरू नियन्त्रण गर्न पनि सहज हुने उल्लेख छ । यस मामिलामा सम्बन्धित पक्षसँग वार्ता गरी समस्या समाधान गर्न पहल गरिने नेकपा एसले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *