जनकपुरधाम । मधेस प्रदेशमा आज पनि सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारले छठ पर्वको अन्तिम दिन आज सार्वजनिक बिदा दिएको हो ।
संघीय सरकारले हिजोमात्र छठको बिदा दिएको थियो । मधेस सरकारले प्रदेशमा एक दिन बिदा थप गरेको हो । छठको अन्तिम दिन आज बिहान उदाउँदै गरेको सूर्यलाई ठेकुवा, भुसवा, नरिवल, केरा, अदुवा, फलफूल, विभिन्न परिकारसहित अर्घ्य अर्पण गरी बिदाई गरिएको छ ।

Leave a Reply