घनश्याम भुसालको टिप्पणी- ओलीसँग अलिकति पनि नैतिकता छैन

काठमाडौं । नेकपा एमालेका परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले अध्यक्ष केपी ओलीसँग नैतिकता नभएको आरोप लगाएका छन्।

आइतबार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले नैतिकता भएको भए आफैँले विघटन गरेको संसद्‍मा उपस्थित नै नहुने बताए।

उनले भने, ‘उहाँले संसद् विघटन गरिदिनु भयो। ठुलो संघर्षपछि संसद् पुनर्स्थापित भयो। थोरै पनि नैतिकता भएको मान्छे हुन्थ्यो भने आफैँले विघटन गरेको संसद्को त्यो संसद् पुनर्स्थापित भएपछि त उहाँले प्रधानमन्त्रीबाट होइन कि सांसदबाटै राजीनामा दिनु पर्दथ्यो। अहँ दिनु भएन।’

ओलीलाई जनताको अधिकार सुनिश्चित गरिएको संविधानलाई नै इन्कार गरेपछि आफूहरूले आन्दोलन गरेको बताए।

‘केपीजी चुन्नुपर्ने भो वा संविधान चुन्नुपर्ने भो। अनि, हामी सडकमा निक्लनुपर्ने अवस्था आयो। ओलीजीलाई छोडेर उहाँको दम्भ, अहंकार त्यसलाई इन्कार गरेर, तिरस्कार गरेर, त्यसलाई खारेज गरेर हामी सडकमा निक्लनुपर्ने भो र हामीले आन्दोलन गर्‍यौँ’ उनको भनाइ छ।

देशको मात्रै नभएर दक्षिण एशियाकै राम्रो संविधान मास्न ओलीले षड्यन्त्र गरेको आरोप लगाए।

एमाले छाडेर नेता भुसाल सत्तारूढ गठबन्धनको साथमा रुपन्देही १ बाट उम्मेदवार बनेका छन्। उनीसँग एमालेको छविलाल विश्वकर्मा चुनावी मैदानमा छन्।

Comments

One response to “घनश्याम भुसालको टिप्पणी- ओलीसँग अलिकति पनि नैतिकता छैन”

  1. ksp pyl Avatar
    ksp pyl

    एमालेको नेता भएर प्रचण्डको लागि दलाली गर्नेसँग चाहिँ कुन नैतिकता रहेछ कुन्नी ? मोदीका टट्टुजति एकै ठाउँमा भए । स्वतन्त्रको नाटक चाहिँ किन नि ? अझै एमालेको भोट चोर्न पाईन्छ कि भनेर ? यस्ता लालगद्दारलाई एमालेकाले ठेगान लगाउन राम्रै जानेका छन् । ज्यानमाराको पैसाले किनेको २-४ भोटले जितौला भन्ठानेको ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *