रौतहट ३ मा गठबन्धनको साझा उम्मेदवार प्रभु साह, पटेलको उम्मेदवारी केन्द्रबाटै निष्क्रिय

काठमाडौं । सत्ता गठबन्धनले नेकपा एमालेको टिकट त्यागेर स्वतन्त्र उम्मेदवार बनेका प्रभु साहलाई आफ्नो आधिकारिक उम्मेदवार तोकेको छ ।

गठबन्धनको शुक्रवार बसेको बैठकले तय गरेको साझा उम्मेदवारको सूचीमा रौतहट ३ मा प्रभु साहको नाम राखिएको छ ।

यसअघि माओवादी उम्मेदवार रविन्द्र पटेलले प्रभुको लागि आफ्नो उम्मेदवारी निष्क्रिय पार्न असहमति जनाएका थिए । तर, गठबन्धनको अन्तिम सूचीमा प्रभु साहको नाम राखेर पटेलको उम्मेदवारी निष्क्रिय बनाइएको छ ।

Comments

One response to “रौतहट ३ मा गठबन्धनको साझा उम्मेदवार प्रभु साह, पटेलको उम्मेदवारी केन्द्रबाटै निष्क्रिय”

  1. ksp pyl Avatar
    ksp pyl

    मोदीका टट्टु जति जति एक हौं । देशभक्त नेपाली विरूद्व मोर्चा कसौं । जनताले हराए मोदीको गेट पाले बस्न जाओैं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *