सीइओसहित उच्च तहका कर्मचारी हटाएका मस्कले डोनाल्ड ट्रम्प विरुद्धको प्रतिबन्ध हटाउलान् ?

काठमाडौं । ट्विटरको स्वामित्व आफ्नो हातमा लिएसँगै सीइओसहित उच्च तहका कर्मचारी हटाएर चर्चामा रहेका एलन मस्कले अब अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ट्विटरले लगाएको प्रतिबन्ध फुकुवा गर्न सक्ने भन्दै टिका टिप्पणी सुरु भएका छन् ।

हाल ट्रम्पले ट्विटरको गलत प्रयोग गर्दै हेट स्पीच फैलाएको र आम मानिसलाई हिंसाका लागि उत्प्रेरित गरेको ठहर गर्दै ट्विटरले उनको एकाउन्टलाई प्रतिबन्ध गरेको छ ।

ट्विटरमा ‘हेट स्पीच’ सँग सम्बन्धित नियमहरू बनाउनका लागि मुख्य भूमिका निर्वाह गरेका ट्विटरका सिइओ पराग अग्रवाल र प्रमुख वित्तीय अधिकृत नेड सेगललाई बर्खास्त गरेका कारण पनि मस्कले डोनाल्ड ट्रम्पको एकाउन्टमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको भनेर टिप्पणी भइरहेका छन् ।

यता मस्कले ट्विटरले खुला रूपमा वाक स्वतन्त्रताको अभ्यास गर्ने तर बिना परिणाम जे पनि कुरा व्यक्त गर्न भने नपाइने प्ल्याटफर्मको रूपमा विकाश गर्ने बताउँदै आएका छन् । उनले ट्विटर अब स्वतन्त्र चरा भएको पनि घोषणा गरेका छन् ।

अमेरिकामा नजिकिँदै गरेको मध्यावधि चुनावको बेला ट्रम्पको ट्विटर एकाउन्ट पुनरुत्थान भएमा यसले चुनावी नतिजामा समेत असर पार्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

ट्रम्पको एकाउन्टमाथिको प्रतिबन्ध फुकुवा गर्ने नगर्ने विषयमा भने हालसम्म मस्कले कुनै प्रतिक्रिया दिएका छैनन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *