एमसीसी नेपालको अहितमा छ, अब नेपाल युद्धमा फस्छ : नारायणमान विजुक्छे

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले अमेरिकी सहयोग परियोजना (एमसीसी) कारणले नेपाल युद्धमा फस्ने दाबी गरेका छन् । मंगलबार नेमकिपाको घोषणापत्र सार्वजनिक कार्यक्रम बोल्दै एमसीसी नेपालको अहितमा भएको बताए ।

उनले भने, ‘हाम्रो देशमा दक्षिणपन्थी विचार बढेको छ । त्यसले बढी प्रभाव पार्छ भन्ने कुरा देखिएको छ । सरकारले एमसीसी पास गरेपछि नेपाल अमेरिका र भारसँग मिलेर दक्षिण एसियालीमा पश्चिमी देशको प्रभाव बढ्दै गएको छ । युद्धको तयारी हुँदैछ ।’

अष्ट्रेलिया, जापान, बेलायत, अमेरिका र भारतसमेत सैनिक संगठनमा गइरहेको विजुक्छेले बताए ।

‘सैनिक संगठन भनेको लडाइँ गर्ने कुरा भएकाले एमसीसीकै कारणले नेपाल घिस्रिने सम्भावना धेरै छ । नेपाल पहिलादेखि नै बेलायत र भारतमा गोर्खाली सेना पठाएको । ती गोर्खाली सेना र एमसीसीको नामबाट सैनिक अफिसरहरू नेपालको ब्यारेकमा बस्नेछन् । त्यो सम्झौतामा छ । त्यस्तो हुनेवाला छ’, उनले भने ।

नेपालले चाहेर-नचाहेर युद्धमा फस्ने उनको दाबी छ ।

‘अहिलेको स्थिति खराब छ । अहिलेको सरकारले एमसीसी पास गर्‍यो । त्यसको विरोधमा हामी मात्रै थियौँ । त्यो देशको अहितमा छ’ उनले भने । हिन्दुस्थान र चीनको सीमा विवादमा मद्दत गर्नुभन्दा आगोमा घ्यू थप्ने काम पश्चिमा देशहरूबाट भइरहेको उनले आरोप लगाए ।

‘तेस्रो विश्वयुद्ध एसियामा भयो भने झन् गाह्रो हुने अवस्था हुन्छ । नेपालले युक्रेनको समर्थनमा बोल्न हुँदैनथ्यो’ विजुक्छेले थपे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *