ओली हिटलर शैलीमा आफैँ समाप्त हुन्छन् : माधव नेपाल (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफैँ समाप्त हुने दाबी गरेका छन्।

सोमबार बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने पवित्र उद्देश्यका साथ बनेको गठबन्धनले मंसिर ४ को निर्वाचनमा जनताले जवाफ दिने बताए।

उनले भने, ‘हामीले गठबन्धनको साझा उम्मेदवारलाई जिताउन सकेनौँ भने प्रतिगमनकारीको मनोबल बढ्छ। हामीले स्वच्छ भावनाका साथ गठबन्धन गरेका छौँ। ०७४ सालमा दुई वटा कम्युनिष्ट पार्टीहरूलाई झण्डै दुईतिहाइको मत दिएका थिए। जनताले राम्रो कामका लागि मौका दिएका थिए। तर, जनताको विश्वासको कदर भएन। लोकतन्त्रको मूल्य मान्यता कुल्चिएर संविधानलाई धुजा पार्ने काम भयो । संघीयतालाई समाप्त पार्ने आशंका भयो। उपलब्धि नै धरापमा पर्‍यो।’

व्यक्तिवादमा डुबेर संविधान र राज्यभन्दा माथि ठान्ने ओलीको हिटलर प्रवृत्ति देखा परको बताए।

‘पार्टीका नेतामा अहंकार बढेपछि कसैलाई टेर्दैन। उनले आफूलाई एक मात्रै ज्ञान भएको व्यक्ति ठान्छ। त्यस्तो व्यक्ति केही समयमा आफै समाप्त हुन्छ। हिटलरको शैलीमा’ उनले भने।

उनले ओली बयलगाडा प्रवृत्तिबाट माथि उठ्न नसकेको उनको भनाइ छ। कांग्रेस र कम्युनिष्टबीच यसअघि पनि उपलब्धि रक्षाको लागि सहकार्य भएको स्मरण गरे।

Comments

One response to “ओली हिटलर शैलीमा आफैँ समाप्त हुन्छन् : माधव नेपाल (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    ओलिको पतन त थाहा छैन तर प्रचण्डेको लगौैंटीको पतन दिनदिनै भैराखेको देखिराखेका छन् जनताले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *