गठबन्धन सत्तास्वार्थको लागि नभएको बाबुरामको प्रष्टोक्ति

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तास्वार्थको लागि आफूहरूले गठबन्धन नगरेको प्रष्ट्याएका छन् ।

सोमबार वागमती प्रदेशस्तरीय संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘गठबन्धनविरुद्ध भ्रम फैलाइएका छन् । यो सत्तास्वार्थको लागि बनेको होइन । बहुदलीय व्यवस्थामा दलहरूबीच प्रतिस्पर्धा हुनुपर्ने हो । तर, राष्ट्रलाई जोगाउन एकजुट हुनुपर्ने लोकतन्त्रको धर्म हो । यो गठबन्धन हामीले लडेर ल्याएको संघीय लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि हो ।’

उनले आफूहरूले कुनै व्यक्तिविरुद्ध गठबन्धन नगरेको बताए ।

‘हामी छोटो अवधिमा देशलाई समृद्ध बनाउन चाहन्छौं । भूराजनीतिक जटिलताको बीचमा हामी छौं । त्यसैले हामीले अहिले विकासको मोडेल बनाएर आर्थिक क्रान्ति गर्नुपर्छ’, बाबुरामले भने ।

छिमेकीहरूसँग सन्तुलित सम्बन्ध राखेर देशको रक्षा गर्ने आफूहरूको पहिलो प्राथमिकता भएको पनि उनले बताए । समानुपातिक र समावेशीतालाई कार्यान्वयन गर्न एकजुट हुनुपर्ने औंल्याउँदै उनले प्रतिगमनलाई रोक्ने गठबन्धन भएकाले पवित्र भएको दाबी गरे । उनले एमालेले राजावादी शक्तिहरूसँग गरेका गठबन्धन अपवित्र भएको टिप्पणी गरे ।

Comments

One response to “गठबन्धन सत्तास्वार्थको लागि नभएको बाबुरामको प्रष्टोक्ति”

  1. ksp pyl Avatar
    ksp pyl

    सत्ता त तिमीले पाए पो । तिम्रो अन्तिम ईच्छा छोरी जिताउने रहेछ । पार्टी नै विसर्जन गरेर, पछि लागेका सबैलाई बिचैमा अलपत्र पारिदिएर छोरी जिताउन लम्पसारवाद ? यतिसम्म गिर्न पर्छ छोरी जिताउन ? त्यहि ओलिका कार्यकर्तासँग स्थानीय चुनावमा भोट माग्दा चाहिँ कहाँ हरायो अग्रगमन ? जिन्दगीभर राजनीति गरेको त्यहि छाेरी जिताउन मात्र ? महान रहेछौ तिमी त ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *