काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्वतन्त्र उम्मेदवारको नाममा पार्टीभित्रकै बागी उम्मेदवार बढेको बताएका छन् ।
कर्णाली प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले गठबन्धन दलका उम्मेदवारलाई जिताउनु सबै दलको कर्तव्य भएको बताए ।
उनले भने, ‘कतिपय ठाउँमा स्वतन्त्रको नाममा बागी उम्मेदवार बनेका छन् । त्यसलाई हामीले मिलाएर सम्बोधन गर्नुपर्छ । प्रतिगमनको पक्षधरले कुनै हालतमा जित्नु हुँदैन । टिकट पाउनु ठूलो कुरा होइन । जित्नसक्नुपर्छ । टिकट पाएर जमानत जफत हुनुको अर्थ हुँदैन ।’
उनले कर्णाली प्रदेशका नेता कार्यकर्तालाई एकताबद्ध भएर लाग्न निर्देशन दिए ।

Leave a Reply