हेटौँडा । मकवानपुरको दुईजना गठवन्धनका उम्मेदवारलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । मकवानपुर क्षेत्र नंबर २ का प्रतिनिधिसभा उम्मेदवार विरोध खतिवडा तथा प्रतिनिधिसभा क्षेत्र नंबर २ को प्रदेशसभा २ का उम्मेदवार इन्द्रबहादुर बानीयाँलाई आयोगले स्पष्टीकरण सोधेको हो ।
खतिवडा र बानियाँले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने मनहरी गाउँपालिका स्थित महेन्द्रकिरण माविका विद्यार्थीलाई भ्रमण जान भन्दै १५–१५ हजारको दरले रकम दिएपछि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको हो । निर्वाचन आचरसंहिता लागु भैसकेको अवस्थामा खतिवडा र बानीयाँले विद्यार्थीहरुलाई रकम बाँढेको भन्दै आयोगले दुवैजनासँग जवाफ माग गरेको छ ।
आयोगले भनेको छ, ‘मतदातालाई प्रभाव पार्ने गरी रकम हस्तान्तरण भएको बारे के कसो भएको हो रु यदि तपाईंबाट नगद वितरण कार्य भएको हो भने निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र उपदफा (४) र निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २१ को उपदफा (२) बमोजिम किन कारबाही हुनु नपर्ने हो ? आयोगले उनीहरुलाई कात्तिक ६ गतेभित्र स्पष्टिकरण दिन भनेको छ ।

Leave a Reply