पाकिस्तानविरुद्ध टस जितेर फिल्डिङ गर्दै भारत

काठमाडौं । आईसीसी पुरुष विश्वकप अन्तर्गत पाकिस्तान विरुद्धको खेलमा भारतले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ ।

मेलबर्न क्रिकेट मैदानमा सुरु भएको खेलका लागि भारतको प्लेइङ ११ मा रोहित शर्मा, एएल राहुल, विराट कोहली, सूर्यकुमार यादव, हार्दिक पाण्डेया, दिनेश कार्तिक, अक्षर पटेल, रविचन्द्रन आस्विन, मोहम्मद शामी, भुवनेश्वर कुमार र अर्शदीप सिंह रहेका छन् ।

पाकिस्तानले प्लेइङ ११ मा मोहम्मद रिजवान, बाबर आजम, शान मशुद, सादाब खान, हैदर अली, इफ्तिखर अहमद, मोहम्मद नवाज, आसिफ अली, सहिन साह अफ्रिदी, नसिप साह र ह्यारिस रौफ रहेका छन्।

यसअघि एको समूह १ को खेलमा श्रीलंकाले आयरल्यान्डलाई ९ विकेटले पराजित गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *