कार्यकर्ताहरुलाई देउवाले भने- म रुख, कलम र हँसिया हथौडामा भोट हाल्छु, तपाईँहरु पनि नअलमलिनुस्

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनपछि गठबन्धन दलको सरकार बन्ने दाबी गरेका छन् ।

शनिवार विराटनगरमा आयोजित लोकतान्त्रिक बाम गठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्दै देउवाले समावेशी संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएकाले निर्वाचनपछि गठबन्धन दलको सरकार बन्ने दाबी गरेका हुन् ।

देउवाले रुख, कलम र गोलाकार भित्रको हँसिया हथाैंडा चिह्नमा भोट हाल्न आफू तयार रहेको भन्दै कार्यकर्तामा अन्यौलता आउन नहुने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *