काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संघीयताको पूर्ण कार्यान्वयनका लागि गठबन्धनको जीत आवश्यक रहेको बताएका छन् ।
कांग्रेस काठमाडौं महानगर १० नम्बर वडामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले तीनै तहको सरकारलाई अधिकार सम्पन्न गरेर संघीयताको महसुस हुने गरी काम गर्न गर्न बाँकी रहेकाले यसका लागि म्यान्डेट दिन आग्रह गरे ।
‘तीनै तहको सरकार पुरा अपरेसनमा आइसकेपछि कति काम हुने रहेछ भनेर देखाउनका लागि काम बाँकी नै छ।त्यसका लागि हामी प्रयत्नरत छौँ। संघीयता र केन्द्रीकृत व्यवस्थाको फरक के हो भन्ने महसुस हुने गरी संघीय सरकारले प्रान्त र स्थानीय सरकारलाई दिनुपर्ने अधिकार दिलाउनका लागि कानुन नबनेकाले पूर्ण रूपमा कार्यान्वयनमा आइसकेको छैन। त्यसका लागि हामीलाई म्यान्डेट आवश्यक पर्छ,’ उनले भने।
साथै उनले धोबिखोलाको अवस्था सुधारको योजनाको काम आफ्नै पहलमा अगाडि बढिरहेको बताए । त्यस्तै बागमतीमा १२ महिना सफा पानी बगाउने योजनालाई समेत मूर्त रूप दिने उनको भनाइ थियो।

Leave a Reply