केपी ओली हिटलर बने, चुनावपछि देशै छाड्ने अवस्था आउनसक्छः माधव नेपाल (भिडिओ)

रूपन्देही । नेकपा एसका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पाँच एकता सन्देश दिन गठबन्धनका दल सबै प्रदेशमा पुगेको बताएका छन् ।

बुटवलमा भएको लुम्बिनी प्रदेशस्तरीय गठबन्धन कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले गठबन्धनको अभियान पूरा गर्न कुप्रचारलाई चिर्नतर्फ लाग्न कार्यकर्तालाई निर्देशन दिए ।

‘स्थानीय चुनावमा प्रतिगामीलाई जसरी पराजित गर्‍यौं त्यसलाई पूर्ण बनाउन आउने चुनावमा पनि उनीहरूलाई पराजित गर्नुको विकल्प छैन’, नेता नेपालले भने ।

प्रतिगामीलाई ठेगान लगाएको भन्दै उनले यो अभियान नचालेको भए सबै उपलब्धि गुम्ने दाबी गरे ।

एमाले अध्यक्ष केपी ओलीको नामै लिएर नेपालले भने, ‘सरम लाग्दैन ? काम गर्न दिएनन् भनेर रूदै हिँडेर हुन्छ । बरु कमरेड घनश्याम भुसालले बोल्नुभएको भए कस्तो सुनिन्थ्यो, केपी ओली सुध्रनेवाला छैनन् । उनले भने ।’

ओली हिटलर बन्न खोजेको उनको आरोप थियो ।

नेपालले भने, ‘अब देश छाड्नुपर्न सक्छ अब पनि उनले शक्ति पाए थप क्षति हुनसक्छ ।’

राप्रपासँग ओलीको गठबन्धन देशघाती भएको र आफूहरूको गठबन्धन आवश्यकतामा आधारित भएको उनको जिकिर छ ।

Comments

One response to “केपी ओली हिटलर बने, चुनावपछि देशै छाड्ने अवस्था आउनसक्छः माधव नेपाल (भिडिओ)”

  1. bharat kumar Thapa Avatar

    तिमीले पार्टी फुटाउदा तीन पक्षसँग लिएको १०० करोडको हिसाब जनतालाई दिनुप्रदैन वाइयात बोल्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *