गौशाला धर्मशालामा मापदण्ड विपरीत बनाइएका संरचना ३५ दिनभित्र हटाउन निर्देशन

काठमाडौं । पशुपति विकास कोषले काठमाडौंको गौशाला धर्मशालामा मापदण्डविपरीत बनाइएका संरचना ३५ दिनभित्र हटाउन निर्देशन दिएको छ ।

कोषले आज एक सूचना जारी गर्दै मारवाडी सेवा समिति नेपालद्वारा सञ्चालित गौशाला धर्मशाला सञ्चालक समितिलाई मापदण्ड विपरितका संरचनाहरु ३५ दिने भित्र हटाउन निर्देशन दिएको हो ।

सम्झौता विपरित संरचनाहरु बनाएको पाइएपछि हटाउन समय दिएको कोषले जनाएको छ ।

सूचनामा भनिएको छ,‘पशुपति गौशाला धर्मशाला सञ्चालक समितिलाई असोज २६ गतेको पत्रबाट गौशाला धर्मशाला सञ्चालन उद्देश्य मुताविक नभएको, विशुद्ध रुपमा गौपालन, नन्दी सेवा तथा तीर्थयात्रीहरुलाई धर्मशाला (आवास) सञ्चालन मात्र गरेको हुनुपर्नेमा त्यस समितिले सम्झौता विपरितका कार्यहरु गरेको पाइएकोले सम्झौता र मापदण्ड विपरितका संरचनाहरु ३५ (पैतिस) दिन भित्र हटाउन यो सूचना जारी गरिएको छ ।’

३५ दिनभित्र नहटाए नियमानुसार कारबाही गरिने कोषले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *