चलचित्र ‘प्रसाद २’ मा केकी अधिकारी अनुबन्धित

काठमाडौं । नायिकाको खडेरी परेको चलचित्र ‘प्रसाद २’ मा अभिनेत्री केकी अधिकारी अनुबन्धित भएकी छन् । अभिनेत्री नम्रता श्रेष्ठले छायांकनअघि नै ‘प्रसाद २’ बाट हात झिकेपछि चलचित्रमा नायिकाको खडेरी परेको थियो। अन्तत् केकीले चलचित्रमा प्रमुख महिला पात्रको भूमिका निभाउने भएकी छिन।

निर्देशक सुदर्शन थापाले निर्देशन गर्न लागेको चलचित्र ‘प्रसाद २’ मा पहिला नम्रता र अभिनेता विपिन कार्की मुख्य पात्रमा देखिने भएका थिए । तर छायांकन सुरु गर्ने अन्तिम तयारीमा पुगेपछि अभिनेता कार्की र निर्माता सुवास थापाविच पारिश्रमिकको बिषयमा अड्चन आयो ।

सोही अड्चनपछि चलचित्रको काम रोकिएको थियो । नायिका श्रेष्ठले पनि आफ्ना दुई चलचित्रको छायांकन समय जुध्ने भएपछि चलचित्रबाट हात झिकेकी थिईन । पारिश्रमिकको विवाद मिलेपश्चात विपिनले ‘प्रसाद २’ लाई समय दिन तयार भए तर चलचित्रलाई नायिकाको अभाव पर्‍यो ।

नायिकाको आपत परेपछि निर्माताले अभिनेत्री ऋचा शर्मा र सुरक्षा पन्तलाई प्रस्ताव राखे । तर ऋचा र सुरक्षाले सो प्रस्तावलाई सकारात्मक प्रतिक्रिया दिएनन्। ऋचा र सुरक्षापछि निर्माताले केकी अधिकारीलाई अफर गरेका हुन।

चलचित्रमा केकी र विपिनबाहेक अर्पण थापा र राज कटुवालको पनि अभिनय देख्न सकिनेछ। चलचित्रको छायांकन भने मंसिर ४ गतेको चुनावपछि देखि सुरु हुनेछ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *