चुनावी साझा प्रतिबद्धता तयार भइसकेको अध्यक्ष नेपालको दाबी

काठमाडौं । सत्ता गठबन्धनले साझा प्रतिबद्धता तयार पारेको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गठबन्धनका संयुक्त अपिल तयार भइसकेको बताएका हुन् ।

ललितपुरमा आयोजित गठबन्धनको चुनावी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हामीले तीन वटै पार्टीको तर्फबाट संयुक्त अपिल अगाडि बढाउँदै छौँ । हामीले हस्ताक्षर गरिसकेका छौँ । छाप्न गएको छ । त्यही लिएर तपाई चुनावमा भोट माग्न जानुपर्छ। साझा प्रतिबद्धताबारे तपाईँहरूले व्याख्या विश्लेषण गर्नुपर्छ। हामीलाई सबैको साथ चाहिन्छ ।’

साझा प्रतिबद्धता पत्रमा राष्ट्रिय जनमोर्चाले भने हस्ताक्षर गरेको छैन।

Comments

One response to “चुनावी साझा प्रतिबद्धता तयार भइसकेको अध्यक्ष नेपालको दाबी”

  1. ksp pyl Avatar
    ksp pyl

    पहिल‍ो प्रतिवद्वता भारतको एजेण्ट हुनुमा कुनै कमी हुन नदिने । दोश्रो प्रतिवद्वता सकेसम्म मिलेर देश लुटने ई.

Leave a Reply

Your email address will not be published. Required fields are marked *