काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमडौं क्षेत्र नं. १ का प्रतिनिधिसभाका उम्मेदवार पुकार बमलाई निर्वाचन आयोगले स्पष्टिकरण सोधेको छ । उनले नयाँबानेश्वर क्षेत्रमा चुनाव प्रचारप्रसार गर्नेक्रममा आफू र आफ्नो साथमा रहेका व्यक्तिले पुकार बम नाम अंकित टिसर्ट लगाएको सामाजिक सञ्जालमार्फत आयोगमा उजुरी परको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा १३, जुलुस, आमसभा, कोणसभा, बैठक वा भोला गर्दा पालना गर्नुपर्ने आचारण अन्तर्गत खण्ड (घ) मा ‘जुलुश वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिशर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याज, मास्क वा लकेट लगाउन वा झोला बोक्न नुहुने’ व्यवस्था रहेको उल्लेख गर्दै स्पष्टीकरणपत्रमा भनिएको छ, ‘तपाईँले निर्वाचन प्रचारप्रसारको क्रममा आफ्नो नाम अंकित टिशर्टको प्रयोग गर्दा गराउँदा निर्वाचन आचारसंहिताको उल्लङघन हुँदैन भनी पुष्ट्याईँ गर्ने आधार कारण के छ ?
स्पष्टीकरण पत्रमा अगडि भनिएको छ, ‘तपाईंबाट जानाजान रुपमा उक्त कार्य भएको भए तपाईँलाई निर्वाचन आचारसंहिताको उल्लङ्घनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा ९३० बमोजिम जरिबाना किन गर्नु नपर्ने होरु यो पत्र तपाईंलाई कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग नेपालमा स्वयम् उपस्थित भई वा आफ्नो प्रतिनिधि उपस्थित गराई लिखित स्पष्टीकरण पेश गर्नुहोला’, पत्रमा अन्यथा प्रचलित कानुन बमोजिम कारवाही हुने व्यहोरा पनि उल्लेख गरिएको छ ।

Leave a Reply