जसपासँगको तालमेलप्रति असन्तुष्टि जनाउँदै पूर्वमन्त्री न्यौपानेले छाडे एमाले

काठमाडौं । नेकपा एमाले नेता तथा पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेले पार्टी परित्याग गरेका छन्। उनले जनता समाजवादी पार्टी (जसपा)सँग एमालेले चुनावी तालमेल गरेकोप्रति असन्तुष्टि जनाउँदै पार्टी छाडेका हुन्।

उनले शनिबार एक विज्ञप्ति जारी गर्दै जसपा अध्यक्ष उपेन्द्र यादवले देशको कहिले हित नचाहने व्यक्ति भएको आरोप लगाएका छन्।

उनले भनेका छन्, ‘उपेन्द्र यादवको नेतृत्वमा मधेशमा साम्प्रदायिकता भडकाई नाकाबन्दीजस्ता घृणित कार्य गर्ने जनता समाजवादी पार्टी (जसपा) सँग एउटा राष्ट्रवादी पार्टी एमाले अध्यक्ष केपी शर्मा ओलीले जनताको हित नचाहने भारतको इशारामा नेपालमा आफ्नो गतिविधि गर्ने एउटा साम्प्रदायिक पार्टीसँग जनताको मागविपरीत गरेको गठबन्धन देश र जनताको पक्षमा नभई विदेशी स्वार्थमा गरिएको हुनाले म आजको दिनबाट एमालेको केन्द्रीय सदस्यको पदबाट राजीनामा दिएको जानकारी गराउँछु।’

उनले अब स्वतन्त्र भइ देश र जनताको हितमा रही काम गर्ने प्रतिबद्धता समेत गरेका छन्। उनी उनी एमालेका सर्लाही जिल्ला सह–ईन्चार्ज हुन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *