अदालतबाट आरोपी छुटेपछि परिवारका सदस्यमाथि विनुको आक्रोश, हातपातपछि प्रहरीले लग्यो

रामेछाप । आफूमाथि जबरजस्ती करणीको प्रयास गरेको अभियोगमा पक्राउ परेका पवन कठायत उच्च अदालतबाट धरौटीमा छुटेपछि अक्रोशित बनेकी बिनु यादवलाई मन्थली पुगेर उनका परिवारमाथि हातपात गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएर अस्पतला पुर्‍याएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले हुलहुज्जत भएको खबर आएपछि प्रहरी गएको र उनी बहोस हुन लागेपछि प्रहरीले अस्पतालमा उपचारका लागि लगेको जानकारी दिए ।

मन्थलीका प्रदिप कठायतको परिवारले अदालतबाट जबरजस्ती सम्बन्ध बिच्छेद गराएको भन्दै अदालत परिसरमै विष पिएको भनेर चर्चामा आएकी विनुले प्रदीपका काका पवनविरुद्ध जबरजस्ती करणी उद्योगमा जाहेरी दिएकी थिइन् ।

जिल्ला अदालत रामेछापले पुर्पक्षका लागि थुनामा पठाएका प्रदिपलाई बिहीबार उच्च अदालत पाटनले २ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । अदालतमै आक्रोशित बनेकी विनु शुक्रबार मन्थली बसपार्कस्थित प्रदिपको घरमा पुगेर हातपात र तोडफोडमा उत्रिएको प्रहरीले जनाएको छ ।

विनुले हातपात गर्दा प्रदीपका आमा तारा कठायतको पोते चुँडिएको र बहिनी प्रविनासमेत घाइते भएको परिवारको दाबी छ । उनी पसलभित्रै हातपातमा उत्रिएपछि छिमेकीले प्रहरी बोलाएका थिए । प्रदीपसँगको प्रेम सम्बन्धपछि मन्थली पुगेर उनकै घरमा बसेकी विनुले आफूमाथि घरेलु हिंसा भएको बताउँदै आएकी छन् ।

जिल्ला अदालत रामेछापबाट उनीहरुको सम्बन्ध बिच्छेद भइसकेको छ । तर उनले त्यसलाई स्वीकार गरेकी छैनन् । आफूहरुलाई दुःख दिने र पारिवारिक प्रतिष्ठा सिध्याउने उद्देश्यले निर्दोष काकामाथि जबरजस्ती करणी उद्योगको जाहेरी दिएको आरोप प्रदिपको छ ।

बिनुले भने आफूले न्याय नपाएसम्म नछाड्ने बताइरहेकी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *