काठमाडौं । नेपाली सेनाले गोरखाको चुमनुब्री गाउँपालिकामा गएको पहिरोमा ढुंगाले लागेर घाइते एक व्यक्तिलाई हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याएको छ ।
चुमनुब्री– ६ मा सुर्खेतका ४३ वर्षीय दीपक विक ढुंगाले लागेर घाइते भएका थिए । उनलाई सेनाको अगस्टा हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
सेनाका अनुसार घाइते विकको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ ।

Leave a Reply