प्रचण्डविरुद्ध गोरखा २ मा एमालेका अब्दुस मियाँको उम्मेदवारी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध एमालेबाट अब्दुस मियाँले उम्मेदवारी दर्ता गराएका छन्।

हालै मात्रै एमाले प्रवेश गरेको मियाँले गोरखा २ मा पुगेर प्रचण्डविरुद्ध उम्मेदवारी दर्ता गराएका हुन्।

उनी रवीन्द्र मिश्र नेतृत्वको तत्कालीन साझा पार्टीबाट राजनीतिमा होमिएका थिए। यस क्षेत्रमा ०७४ को निर्वाचनमा कांग्रेसको सहयोगमा डा। बाबुराम भट्टराई निर्वाचित भएका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *