पूर्वमन्त्री झाले पाएनन् टिकट

जनकपुरधाम । नेकपा एकीकृत समाजवादीका सचिवालय सदस्य तथा पूर्वमन्त्री रामचन्द्र झा टिकटबाट बञ्चित भएका छन् ।

धनुषा क्षेत्र नम्वर २ बाट उम्मेदवार बन्ने आकांक्षा झाले राखेका थिए । पार्टीबाट सर्वसम्मत उम्मेदवार सिफारिस पनि भएका झा अन्ततः टिकटबाट बञ्चित भएका हुन् ।

सत्ता गठबन्धनको सिट बाँडफाँडमा धनुषा क्षेत्र नम्वर २ नेपाली कांग्रेसको भागमा परेको छ । का‌ंग्रेसबाट पूर्वमन्त्री रामकृष्ण यादव टिकट पाउने लगभग निश्चित छ ।

झा केहिदिन अगाडी मात्र नेकपा माओवादी केन्द्र परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । लामो समय एमालेमा विताएका झा माओवादी र नयाँ शक्ति हुँदै पुनः माओवादीमै फर्केका थिए । तर पछि पुनः माओवादी छाडेर एकिकृत समाजवादीमा पुगे ।

एमालेबाट ०५१ को संसदीय निर्वाचन र ०६४ को संविधानसभा सदस्यमा झा निर्वाचित भएका थिए । संविधानसभा सदस्य रहेका बेला उनी माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा स्थानीय विकास मन्त्री भएका थिए ।

Comments

One response to “पूर्वमन्त्री झाले पाएनन् टिकट”

  1. देवशन मेवाहाङ्ग Avatar
    देवशन मेवाहाङ्ग

    कामरेड रामचन्द्र झा जो नेपाली कम्युनिस्ट आन्दोलन मा एक नक्षत्र बनेर उदाईसकेको व्यक्ति ले निर्वाचन मा टिकट नपाउने अवस्था आउनु भनेको दु:खद कुरो हो । ठुलो पार्टी छाडेर सानो पार्टि रोज्नुको परिणाम हो यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *