सशस्त्रका जवान र वडा सदस्यसहित १५ जना जुवाडे पक्राउ

दाङ । सशस्त्र प्रहरी बलका जवान जुवाको खालबाट पक्राउ परेका छन् । २९नम्बर गण भालुबाङमा कार्यरत सशस्त्र प्रहरीका जवान कृष्णमान चौधरी दंगिशरण ५ बालापुरमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् ।

जिप्रकादाङ र इप्रका तुलसीपुरबाट खटिएको संयुक्त टोलिले शुक्रवार राति चौधरीसहित १५ जना जुवाडेलाई पक्राउ गरेको छ ।

जुवाडेको साथबाट ५ लाख २८हजार ३ सय ४० रूपैँया बरामद भएको जिप्रका दाङले जनाएको छ । जुवाखालबाट दंगिशरण- ५ का वडा सदस्य कमल वली र तुलसीपुरका- २ का वडा अध्यक्षका छोरा हिरा योगी समेत पक्राउ परेका छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *