काठमाडौं । सत्ता गठबन्धनका दलहरुबीच आगामी मङ्सिर ४ गतेको निर्वाचनका लागि भागबन्डा मिलेको छ । जसपालाई दिन भनिएको क्षेत्रहरू खालि राख्दै चार दलले आ आफ्नो क्षेत्रमा सहमति गरेका हुन् ।
अहिले माओवादी केन्द्रले ४५, एकीकृत समाजवादीले २० र राजमोले २ स्थान प्राप्त गर्ने छन् । बाँकी ९८ स्थानमा कांग्रेस र लोसपाबीच बाँडफाँट हुने जनाइएको छ । अहिले १२ क्षेत्र खाली राखिएको छ । त्यही १२ क्षेत्र लोसपालाई दिएर कांग्रेस ८६ मा बस्न सक्ने जनाइएको छ ।
हेर्नुस् सत्ता गठबन्धनका दलहरू बिचको भागबन्डा






Leave a Reply