टिकट नपाउने बुझेपछि स्वतन्त्र उम्मेदवार बन्ने एमाले नेतृ गंगा थारुको घोषणा

काठमाडौं । नेकपा एमालेकी निवर्तमान सांसद गंगा चौधरी सतगौंवाले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी छन् । एमालेबाट दाङ १ को उम्मेदवार बन्न खोजेकी चौधरीले शुक्रबार फेसबुकबाट आफू स्वतन्त्र उम्मेदवार भएर जनताको बीचमा आउन लागेको बताएकी हुन् ।

सो क्षेत्रबाट एमालेले पोलिटव्युरो सदस्य तथा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई उम्मेदवार बनाउने थाहा पाएपछि गंगाले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी हुन् ।

चौधरीले भनेकी छन्, ‘आज मैले ठीक निर्णय गरे या बेठीक मलाई थाहा छैन । राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागिरहनेछु । जनता भगवान हुन्, जनता नै सर्वोपरि हुन् । देशलाई शीरमाथि राखेर आज स्वतन्त्र उम्मेदवार भएर जनताको बीचमा आउँदैछु, हजुरहरुको साथ चाहिएको छ ।’

पहिलो र दोस्रो संविधानसभामा थरुहट पार्टीबाट समानुपातिक सभासद् भएकी चौधरी २०७४ मा एमालेको उम्मेदवार बनेर समानुपातिक सांसद भएकी थिइन् ।

Comments

One response to “टिकट नपाउने बुझेपछि स्वतन्त्र उम्मेदवार बन्ने एमाले नेतृ गंगा थारुको घोषणा”

  1. Laleek Avatar
    Laleek

    पार्टिको सच्चा कार्यकर्ताको ताल यस्तो कदापि हुन् सक्छ, चुनाव एउटै बर्खाले पुग्छ ? फेरि फेरि हुन्न ? सचेत र सजग बनाैँ । बिरोधीको जग हँसाउने भूमिपुत्री कमरेड, मुर्दावाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *