काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालमाथि कटाक्ष गरेका छन् ।
बाँस्कोटाले ट्वीट गर्दै ‘देश जोगाउन माझी खोज्न हिँडेकाहरू कांग्रेसी आँगनमा देउसी खेल्दै छन्’ भनेर नेपालमाथि टिप्पणी गरेका हुन् ।
‘वालुवाटारमा रमिता छ । डेंगुको फैलावटले जनता हैरान छन् । सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फूल देखाइदिएपछि कांग्रेसभित्रकै डेंगुबाट त्राहीमाम छन्,’ बाँस्कोटाले लेखेका छन्, ‘देश जोगाउन माझी खोज्न हिडेकाहरू कांग्रेसी आँगनमा देउसी खेल्दै छन । रामराज्य प्राप्तीपछि सुतेको नागरिक समाज कुम्भकर्णे निन्द्रामै छ ।’
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा तत्कालीन नेपालले संसदमा भाषण गर्दै भनेका थिए- मेरो देश डुब्नै लाग्यो माझी बचाइदेऊ ! प्रधानमन्त्री ओलीका कारण देश डुब्न लागेको आशयका साथ उनले यस्तो भाषण गरेका थिए ।
वालुवाटारमा रमिता छ।डेंगीको फैलावटले जनता हैरान छन।सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फुल देखाई दिए पछि कांग्रेसभित्रकै डेंगीबाट त्राहीमाम छन।देश जोगाउन माझी खोज्न हिडेकाहरु काग्रेसी आगनमा देउसी खेल्दै छन।रामराज्य प्राप्तीपछि सुतेको नागरिक समाज कुम्भकर्णे निन्द्रामै छ।
— Gokul Prasad Baskota (@GokulPBaskota) September 29, 2022

Leave a Reply