जनकपुरधाम । सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले इजाजत लिई राखेको हातहतियार र गोलीगट्ठा बुझाउन सम्बन्धित व्यक्तिहरूलाई निर्देशन दिएका छन् ।
मंसिर ४ गतेका लागि तोकिएको संसदीय निर्वाचनलाई लक्षित गरी हातहतियार तथा गोलीगट्ठा असोज मसान्तभित्र बुझाउन प्रजिअ कवारीले सूचना जारी गरेर सम्बन्धित व्यक्तिलाई निर्देशन दिएका हुन् ।
प्रशासन कार्यालय, सिरहामा असोज मसान्तभित्र हातहतियार नबुझाएमा प्रचलित कानून बमोजिम कारबाही हुने प्रजिअ कवारीले जारी गरेको सूचनामा उल्लेख छ ।


Leave a Reply