काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले समानुपातिक सूचीमा को किन र कसरी परे भन्ने बेकारको बहस भएको बताएका छन् ।
नेपाली कांग्रेस पार्टीभित्र समानुपातिक सूचीलाई लिएर आन्तरिक विवाद चुलिरहँदा बाँस्कोटाले ट्वीट गर्दै टिप्पणी गरेका हुन् ।
‘समानुपातिक सूचीमा को किन र कसरी परे भन्ने बहस गर्नु बेकार हो । यसको मर्म समावेशीता हो । कमबेसी अपवाद, मुल रूपमा यो डाडुपन्यु टीमको इच्छावेशीता हो ।’
उनले समयमै अपारदर्शी प्रणालीको विकल्प खोज्न आग्रह समेत गरेका छन् ।
‘समयमै पार्टीहरूले ३३ प्रतिशत सोझै महिला उमेदवार उठाऊ वा अपारदर्शी प्रणालीको विकल्प खोज । हैन भने भैँसीका अघि वीरही भाकामा बीन नबजाऊ, मित्रजन !’, उनले लेखेका छन् ।
समानुपातिक सूचीमा को किन र कसरी परे भन्ने बहस गर्नु बेकार हो।यस्को मर्म समावेशीता हो।कमवेसी अपवाद,मुल रुपमा यो डाडुपन्यु टीमको ईच्छावेशीता हो।समयमै पार्टीहरुले ३३%प्रतिशत सोझै महिला उमेदवार उठाऊ वा अपारदर्शी प्रणालीको विकल्प खोज।हैन भने भैंसीका अघि वीरही भाकामा वीन नबजाऊ,मित्रजन!
— Gokul Prasad Baskota (@GokulPBaskota) September 26, 2022

Leave a Reply