हेटौंडा । वागमती प्रदेशको राजधानी हेटौंडा-४ हुप्राचौरस्थित डिजास्टर रिकभरी सेन्टर (डाटा सेन्टर) मा आइतबार अपरान्ह लागेको आगो पूर्ण रुपमा नियन्त्रणमा आएको छ । सेन्टरको ब्याट्री ब्याकपमा करेन्ट सर्ट भएर लागेको आगो करिब दुई घण्टापछि नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
तीन वर्ष अघिबाट सरकारले राष्ट्रिय सूचना प्रविधि केन्द्र सिंहदरबारको ‘ब्याकअप’को रुपमा प्रयोग गर्दै आएको डाटा सेन्टरमा भएको आगलागीको कारण धेरै सरकारी संयन्त्रको सर्भर डाउन हुनसक्ने चेतावनी दिइएको छ । आगलागीका कारण कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवा पूर्णरुपमा बन्द गरिएको इञ्जिनियर अभिनाष झाले जानकारी दिए ।
आगलाकीको क्षतीको विवरण भोलीसम्म आइसक्ने उनको भनाई छ ।
आगो निभाउन हेटौंडा उपमहानगरको दुईवटा दमकलसहित नेपाली सेना, वडा प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, वाग्मती प्रदेश
प्रहरी कार्यालय र हेटौंडा उपमहानगरको नगर प्रहरीको टोली परिचालन भएको थियो ।

Leave a Reply