काठमाडौं । सरकारले थप पाँच सचिवको सरुवा गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खेलकुद, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र कानून मन्त्रालयका सचिवको सरुवा गरिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सूर्य प्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ । खेलकुदका सचिव डा. दामोदर रेग्मीकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त सरुवा गरिएको छ । केही दिनअघि सरुवा भई अतिरिक्तमा रहेका सुमनराज अर्याललाई सोही कार्यालयमा जिम्मेवारी दिइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव(कानुन) धनराज ज्ञवालीलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरिएको छ । कानूनका उदयराज सापकोटालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।
यद्यपि कानूनतर्फको हकमा म्याचुअर्ड हुन बाँकी छ । निर्वाचन आयोगले यसअघि सरुवालगायतका कार्य नगर्न सरकारकालाई निर्देशन दिएको थियो । आगामी मंसिर ४ गते हुने निर्वाचनलाई ध्यानमा राखेर दिइएको निर्देशनविपरीत सरकारले सचिवहरुको सरुवा गरेको छ ।

Leave a Reply