कैलाली कारागारमा भण्डारीद्वारा सेनेटरी प्याड वितरण, योग र ध्यान सुरु

धनगढी । कैलाली जिल्ला कारागारमा रहेका महिना बन्दीहरूका लागि क्षितिज भण्डारीले सेनेटरी प्याड उपलब्ध गराएका छन् । अहिले कारागारमा ४३ जना महिला बन्दी छन् ।

उनीहरूलाई २ महिना सम्म पुग्ने गरि सेनेटरीप्याड उपलब्ध गराइएको बताउने भण्डारीले केही दिनमा एक वर्षको लागि हस्तान्तरण गर्ने जनाए । उनले सबैलाई हुने ३५ हजार बरावरको अन्य स्वास्थ्य सामाग्री पनि दिएको जनाए ।

‘यहाँ सबै भन्दा समस्या स्वास्थ्य सामग्रीको थियो’ उनले भने ‘त्यहि समस्या केही मात्रामा हल हुने गरि मैले सहयोग गरेको हु ।’ कार्यक्रमका आयोजक श्री श्री रविशंकरको आर्ट अफ लिभिङ्ग का सुदूरपश्चिम प्रदेश संयोजक नवीन ओझाले ८ दिनसम्म कारागारमा योग र ध्यान प्रशिक्षण समेत सुरु भइरहेको जनाए ।

त्यसको संयोजन पनि भण्डारीले गरेका थिए । ‘यहाँ महिलाहरूलाई डिप्रेसन र युवाहरू कुलतमा फसाएको छ’ उनले भने ‘त्यो समस्या हट्ने गरि हामीले योग र ध्यानको व्यवस्था गरेका छौ ।’

भण्डारी नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा क्षेत्र नम्बर ५ बाट उम्मेदवारका सिफारिस भएका व्यक्ति हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *