बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने राष्ट्रिय फुटबल टीमको घोषणा (भिडिओ)

काठमाडौं । असोज ११ गते दशरथ रंगशालामा हुने बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टीमको घोषणा गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) मा बिहीबार पत्रकार सम्मेलन गर्दै नेपाली टोलीका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंले २३ सदस्यीय टीम घोषणा गरेका हुन् ।

अब्दुल्लाह अल्मुताइरीले टीमबाट निकालेका दश खेलाडी र दुई नयाँ अनुहारलाई समेट्दै हुमागाईंले अन्तिम नामावली सार्वजनिक गरेका छन् । आशिष चौधरी र ऋतिक खड्का राष्ट्रिय टीमका नयाँ अनुहार हुन् ।

नेपाली टोलीको कप्तानी किरण चेम्जोङले गर्नेछन् । यसअघि किरणको अनुपस्थितिमा नवयुग श्रेष्ठले टीमको नेतृत्व गरेका थिए ।

नेपाली टीम

गोलकिपरः किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की

डिफेन्डरः अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल, रञ्जित धिमाल

मिडफिल्डरः तेज तामाङ, सेसेहाङ आङ्देम्बे, विशाल राई, एरिक विष्ट, सुरजजिउ ठकुरी, सुजल श्रेष्ठ, सुदीप गुरुङ,
सुनिल बल, आयुष घलान, आभास लामिछाने, संजोग राई,

फरवार्डः विमल घर्ती मगर, ऋतिक खड्का, मनिष डाँगी, अन्जन विष्ट, आशिष चौधरी

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *