वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीसहित चार पार्टीद्वारा निर्वाचन वहिष्कार

काठमाडौं । मोहन वैद्य नेतृत्वको पार्टी नेकपा (क्रान्तिकारी माओवादी) लगायत चार कम्युनिष्ट पार्टीले मंसिर ४ गतेको निर्वाचन वहिष्कार गर्ने भएका छन् । जसमा वैद्य नेतृत्वको पार्टीसहित नेपाल कम्युनिष्ट पार्टी (बहुमत), नेकपा (मसाल) र माओवादी कम्युनिस्ट पार्टी, नेपालले निर्वाचन वहिष्कारको घोषणा गरेका हुन् ।

आज एक काठमाडौंमा एक पत्रकार सम्मेलनमार्फत संयुक्त प्रेस विज्ञप्ति जारी गरेर निर्वाचनको वहिष्कारको घोषणा गरिएको छ । जसमा क्रान्तिकारी माओवादीका तर्फबाट स्थायी समिति सदस्य सिपी गजुरेल, नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का तर्फबाट प्रवक्ता हेमन्तप्रकाश ओली ‘सुदर्शन’, नेकपा मसालका तर्फबाट चिन्तामणी पौडेल र माओवादी कम्युनिस्ट पार्टी, नेपालका तर्फबाट महासचिव रामनारायण पालले हस्ताक्षर गरेका छन् ।

विज्ञप्तिमा ‘नेपाली शोषित–उत्पीडित श्रमजीवी जनताको दुःखको कारण दलाल पूँजीवादी संसदीय व्यवस्था रहेको र यो व्यवस्थाको चुनावमा भाग लिनु भनेको ती जनताको दुःख र शोषण–उत्पीडनलाई अझ बढी हुर्काउनु’ भएकाले निर्वाचन वहिष्कार गर्ने निष्कर्षमा पुगेको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हामी संसदीय व्यवस्थाको अवज्ञा तथा वहिष्कार मात्र गर्दैनौँ, यो व्यवस्थाको अन्त्य गरी आमश्रमजीवी एवम् उत्पा नेपाली जनताको हित गर्ने वैज्ञानिक समाजवाद स्थापनाका लागि अगाडि बढ्न अपिल पनि गर्दछौं ।’

वैद्य नेतृत्वको पार्टीले २०७० देखियताका निर्वाचन वहिष्कार गर्दै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *