फेसबुकमा ‘सुसाइड नोट’ लेखेर सम्पर्कविहीन बने पत्रकार

कैलाली । सामाजिक सञ्जालमा ‘अलबिदा’ लेख्दै उदयपुरका पुराना पत्रकार विदुर कटुवाल सम्पर्कविहीन भएका छन् । सामाजिक सञ्जाल फेसबुकमा आज बिहान ९ बजे आफूले मृत्यु रोजेको भन्दै लामो स्ट्याटस लेखेर उनी सम्पर्कविहीन भएका हुन् ।

श्रीमतीसँग छोडपत्रको सन्दर्भ उल्लेख गर्दै भावुक स्ट्याटस लेखेका कटुवालको त्यसपछि मोबाइलसमेत अफ रहेको छ । ‘बाबाले मामुलाई डिभोर्स दिनुभयो भन्ने हल्ला तिमीले सुन्नुभन्दा बाबा मर्नुभयो भन्ने खबर नै ठीक हुन्छ होला छोरा’, छोरालाई सम्बोधन गर्दै उनले लेखेका छन् ।

उनी सम्पर्कविहीन हुनुको कारण पारिवारिक लफडा भएको स्ट्याटसका जनाएका छन् । उनले स्ट्याटसमा, ‘डिभोर्सको पेपरमा ल्याप्चे लगाएर कायरता देखाउनुभन्दा मृत्यु नै रोजें प्रिय …, मिस यु’ भनेर श्रीमतीलाई सम्बोधन गरेका छन् ।

आज बिहान ९ बजेको समयमा श्रीमतीलाई पहिलेको कुरा सम्झाउँदै उल्लेख गरेका छन्, ‘प्रिय …, तिमीलाई मैले मर्न मन लाग्छ भनेको थिएँ । मर मर भन्थ्यौ । अब मर्छु । बाँच्दिनँ खुशी हुनु ।’

सामाजिक सञ्जालमा लेखेर बेपत्ता भएका पत्रकारको अहिले प्रहरीले खोजी गरिरहेकाे छ । नेपाल पत्रकार महासंघले पनि यस विषयलाई गम्भीर रूपमा लिएकाे जनाएको छ ।

‘सामाजिक सञ्जालमा स्ट्याटस लेखेपछि उहाँ सम्पर्कमा हुनुहुन्न । अहिले पनि खोजी कार्य जारी छ’, पत्रकार महासंघका महासचिव रोशन पुरीले भने, ‘प्रहरीलाई हाई अलर्टमा रहेर खोजी गर्न हामीले भनेका छौं ।’

लामो समयदेखि क्रियाशील पत्रकारितामा रहेका उनी हाल नयाँ पत्रिकामा आबद्ध थिए । नयाँ पत्रिकाको उदयपुरबाट संवाददाता रहेका कटुवाल केही समयअघि काठमाडौं आएका थिए । उनी काठमाडौंको बानेश्वर क्षेत्रबाटै सम्पर्कविहीन भएको जनाइएको छ ।

Comments

6 responses to “फेसबुकमा ‘सुसाइड नोट’ लेखेर सम्पर्कविहीन बने पत्रकार”

  1. Uma Dahal Avatar
    Uma Dahal

    कतै निर्णय चेन्ज भएर उदयपुर घर नै जानुभएको छ कि देशै भर का पुलिस चौकी हरुमा खबर गर्नुपर्यो
    यो भन्दा अगाडि स्याङ्जा यस्तै नोट लेखेर फेस बुक मा पोस्ट गरेको एक घन्टा मा थाहा पाएर मलाई खबर गर्नुभएको थियो यो समय बिहान को ४:३० बजेको थियो तत्काल प्रहरी लाई खबर गरेर प्रहरी पुग्दा बचाउन सकिएन यस्तो नहोस वाहाँलाई सकुसल सहयोग गर्न सकियोस।

  2. जिके खनाल Avatar
    जिके खनाल

    के गर्छन के।

  3. मान बहादुर बिश्वकर्मा Avatar

    तत्काल खोजि कार्यहोस् ।

  4. चुडाराज सुबेदी Avatar
    चुडाराज सुबेदी

    नकाम हो आत्महत्या 🤦

  5. Meena Adhikari Niraula Avatar
    Meena Adhikari Niraula

    🤔🤔🤔यि पत्रकार महोदय डिप्रेसन मा गएका रहेछन् क्यार!!
    सारा दोस श्रिमति लाई लगाएर मर्ने निर्णय गर्नु भन्दा एकपटक साईकोलोजिस्ट लाई भेटेर उन्को सल्लाह अनुसार औसधि सेवन गर्याभए हुनेथियो।।
    हाम्रो समाजमा डिप्रेस्ट हुनु लाई पागलपनको उपमा दिईन्छ यो सरासर गलत हो…….
    मर्नु समस्या को सामाधान होइन
    समस्या को बिउ चाहि बन्छ अब तिन्कि श्रिमति लाई समाजले लगाउने आरोप के कति होलान् एकपटक सोचौ
    नाबालग छोरो बा आमा सबैको साचिकै माया लाग्थ्यो भने डिबोर्स गरेर अलगै बस्दा पनि हुनेथियो।
    एक्लै घर परिवार धान्न क्षमता नभए पछि यसोगर्या हुन सक्छन्!
    नत्र ईमान जमान भएको मानिसलाई समाजमा बाच्न त्यति गाह्रो हुन्न!!

  6. अर्याल काजि Avatar
    अर्याल काजि

    श्रीमती को के प्रतिक्रिया छ त यसमा?

Leave a Reply

Your email address will not be published. Required fields are marked *