प्रकाशमान सिंहसँग युवाकाे माग : लोकसेवाको परीक्षा परिवर्तनदेखि सार्वजनिक सवारी व्यवस्थापनसम्म

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह अहिले आफ्नो क्षेत्रमा निर्वाचन केन्द्रित गतिविधि बढाएका छन् ।

शनिबार उनले काठमाडौं क्षेत्र नम्बर १ का युवा विद्यार्थीहरुसँग अन्तरक्रिया गरेका छन् ।

छलफलमा सहभागी विद्यार्थीहरुले शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा आफ्ना समस्या र अपेक्षाहरु सिंह सामु राखेका छन् । लोकसेवा आयोगको परीक्षा प्रणाली परिवर्तन गर्नुपर्ने, शिक्षाका लागि विदेश जाने ट्रेन्ड रोक्नुपर्ने, नेपालमा रहेको करको दर घटाउनुपर्ने, निजी सवारी साधन किन्दा धेरे पैसा विदेशिँदा देशको अर्थतन्त्र कमजोर बनेकाले त्यसलाई निरुत्साहित गर्दै सार्वजनिक यातायात व्यवस्थित गर्नुपर्ने र ऐन कानून व्यवहारिक बनाइनुपर्नेमा उनीहरुको जोड थियो ।

त्यस्तै, शिक्षा प्रयोगात्मक बनाउनुपर्ने, कलेजले लिइरहेको मनपरि शुल्क नियन्त्रण गर्नुपर्नेमा केही जोड थियो भने केही युवा विद्यार्थीहरुले बालबालिकालाई कुलतबाट जोगाउन धुम्रपान र मद्यपान बालबालिकालाई बेच्न नमिल्ने नियम ल्याउनुपर्नेतर्फ पहल गर्न आग्रह गरे । उनीहरुले आफ्नो क्षेत्रका संसद सिंहलाई आफुसँगको अपेक्षाबारे पनि प्रश्न गरेका थिए ।

जवाफमा नेता सिंहले विदाको दिनमा समय दिएर कार्यक्रममा सहभागी भएकोमा युवा विद्यार्थीलाई धन्यवाद दिँदै आजको छलफल सुरुवात मात्रै भएको बताए । उनले राजनीतिप्रति विस्तारै युवाहरुको चासो बढ्नु सकारात्मक रहेको बताए । ‘युवालाई राजनीतिमा वास्ता छैन भनिन्थ्यो । तर, हालसालैका घटनाक्रमले युवाहरुलाई पनि चासो छ भन्ने देखाएको छ । यहाँहरुले दिनुभएको सुझाव र राख्नुभएको मुद्धा अत्यन्त सान्दर्भिक छ । अब संसदमा तपाईहरुले दिएको सुझाव र यही पुस्ताको सुझाव लिएर जान्छु । तपाईंहरुले उठाउनुभएका विषय कार्यान्वयन गराउने प्रतिवद्धता गर्दछु ।’

Comments

2 responses to “प्रकाशमान सिंहसँग युवाकाे माग : लोकसेवाको परीक्षा परिवर्तनदेखि सार्वजनिक सवारी व्यवस्थापनसम्म”

  1. ksp pyl Avatar
    ksp pyl

    लोकसेवामा सिधै नेताका मान्छे भर्ना गर्ने बनाउनुपर्छ कि कसो प्रकाशमानज्यू ? तिम्रो राजनीति अब सकियो । अन्तिम ईच्छा केही छ कि ?

  2. कुलप्रसाद काेइराला Avatar
    कुलप्रसाद काेइराला

    प्रकाशमानलाई भाेट दिएर ब अरु एकपटक बेबकुफ हुनुभन्दा चुनावका दिन पार्टीलाई मात्रै मत दानगरी फर्कनु राम्राे हुन्छ है साथी हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *