काठमाडौं । अछामको पहिरो घटनाप्रति प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् ।
आजको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै दुबै शीर्ष नेताले घटनाप्रति दुःख व्यक्त गरेका हुन् ।
सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले सरकारका तर्फबाट घटनामा पीडित भएका परिवारलाई राहत, उद्धार, पुनःस्थापनाका विषयमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
भने एमाले अध्यक्ष ओलीले सरकारले घटनालाई गम्भिर रुपमा लिएर सरकारले काम गर्नुपर्ने बताएका छन् ।

Leave a Reply