काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले को हो भीआईपी भन्दै व्यंग्य गरेका छन् ।
उनले आफू जनतासँगै बेल्चा र गैंती चलाइरहेको उल्लेख गर्दै आफूलाई न गार्ड चाहिएको न आसेपासे भनेर सामाजिक सञ्जालमा बताएका छन् । उनले चीनका जनकांग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सुको नेपाल भ्रमणका कारण सडकमा भएको अस्तव्यस्ततामाथि कटाक्ष गर्दै हावाहरुको ठूलाे स्वाङ मात्रै भएको संज्ञा दिएका छन् ।
फेसबुकमा उनले लेखेका छन्, ‘मैले नबुझेको को हो भीआईपी ? को हो भीभीआईपी ? हावाको हरु म त दिन भर जनतासँगै बेल्चा र गैंती चलाइरा हुन्छु त न गार्ड चाहिन्छ न आसेपासे नै १ काम गर्नु छैन स्वाङ मात्रै ठूलो हावाका हरु ।’

Leave a Reply