१९ वर्षीय स्पेनिस किशोरले जिते यूएस ओपन

काठमाडौं । स्पेनका १९ वर्षीय कार्लोस अल्काराजले वर्षको अन्तिम ग्रान्डस्लाम टेनिस यूएस ओपनको उपाधि जितेका छन्।

अल्काराजले सोमबार बिहान भएको फाइनलमा नर्वेका कास्पर रुडलाई ६–४, २–६, ७–६ र ६–३ को सेटमा हराए।

उनी ग्रान्डस्लाम जित्ने १७ वर्ष यताकै सबैभन्दा कान्छो पुरुष खेलाडी हुन्। स्पेनकै राफेल नाडालले सन् २००५ मा फ्रेन्च ओपन जितेयता अल्काराज ग्रान्डस्लाम जित्ने सबैभन्दा कम उमेरका खेलाडी हुन्।

उनी विश्व वरियतामा पनि पहिलो नम्बरमा पुगेका छन् र पुरुष टेनिसको विश्व वरियतामा पुग्ने ४९ वर्षयताकै पहिलो किशोर खेलाडी बनेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *