गुल्मीमा नेकपा एसका दुई केन्द्रीय सदस्यसहित जिल्ला नेतृत्व एमालेमा प्रवेश

रुपन्देही । नेकपा एकीकृत समाजवादीका दुई केन्द्रीय सदस्यसहित गुल्मीको जिल्ला नेतृत्व नेकपा एमालेमा प्रवेश गरेको छ । सोमबार गुल्मीमा एमाले उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण विष्टले केन्द्रीय सदस्यद्वय गणेश खनाल र नरेश भण्डारीसहितको टोलीलाई एमालेमा स्वागत गरेका हुन् ।

केन्द्रीय सदस्य खनाल गुल्मी जिल्ला इन्चार्ज र अर्का केन्द्रीय सदस्य भण्डारी जिल्ला अध्यक्षसमेत हुन् ।

एमाले प्रवेश गर्दै जिल्ला अध्यक्ष भण्डारीले कम्युनिष्ट आन्दोलनको नेतृत्व एमालेबाहेक अरुबाट सम्भव नभएकाले पुनः एमालेमा आएको बताए । उनले विगतमा भएका कमजोरीबाट पार्टीमा भएको क्षतिप्रति क्षमायाचना गर्दै अब पार्टीभित्र आउने जुनसुकै जिम्मेवारी पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाली कांग्रेसलाई शक्तिमा लैजाने नेकपा एसको नेतृत्वले गरेको गम्भीर गल्तीलाई बोक्न नसकेका कारण पुनः एमालेमा आएको भण्डारीले बताए ।

खनाल र भण्डारीसहित नेकपा एस प्रदेश कमिटी सदस्य हिमाल थापा, युवा संघ केन्द्रीय सदस्य तथा पार्टी जिल्ला सचिवालय सदस्य मदन विष्ट, जिल्ला सदस्य तथा मुसीकोट अध्यक्ष मदनदीउ घिमिरे, जिल्ला सदस्य हरि कुँवर, विष्णुप्रसाद भण्डारी एमाले फर्किएका छन् ।

त्यस्तै नेकपा एसकाे युवा संघका जिल्ला अध्यक्ष रामुजंग कँडेल, विद्यार्थीका जिल्ला अध्यक्ष निलकण्ठ पाण्डे, पार्टीका छत्रकोट अध्यक्ष यमबहादुर खत्रीसहितको ठूलो टोली एमालेमा समाहित भएको एमाले प्रदेश सदस्य हीरा एसीले नेपाल प्रेसलाई जानकारी दिए ।

Comments

One response to “गुल्मीमा नेकपा एसका दुई केन्द्रीय सदस्यसहित जिल्ला नेतृत्व एमालेमा प्रवेश”

  1. इन्द्रबहादुर रावल Avatar
    इन्द्रबहादुर रावल

    कहिल्यै पार्टी जिम्मेवारी नलिइ समर्थक भएर काम गरेका व्यक्ति लाई एकैपटक केन्द्रिय सदस्य , इन्चार्ज अध्यक्ष जस्तो जिम्मेवारी दिंदा को परिणाम हो यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *