चोलेन्द्रसँग आज २ घण्टामा दुई प्रश्न, आइतबार फेरि बोलाइयो

काठमाडौं । निलम्बित प्रधान्यायाधीश चोलेन्द्रशमशेर राणासँग आजको बयान सकिएको छ । संसदको महाअभियोग सिफारिस समितिले राणालाई १९ गते दिउँसो १ बजे पुन: बयानका लागि बोलाएको छ ।

समिति सदस्य मीन विश्वकर्माका अनुसार आज राणालाई दुईवटा प्रश्न सोधिएको छ । समितिले तयार पारेको ४३ वटा प्रश्नमध्ये पहिलो दिन हिजो ४ वटा प्रश्न सोधिएको थियो ।

‘आज छिट्टो अगाडि बढ्छ जस्तो लागेको थियो । ५ र ६ नम्बर प्रश्न अलि लामो र व्याख्यात्मक थियो । प्रधान्यायाधीशको जवाफ पनि लामो नै रह्यो त्यसमा केही प्रतिपश्न पनि भए समय पुगेन’, विश्वकर्माले भने ।

आफूमाथि सबैभन्दा ठूलो अभियोग लागेका अभियुक्तले आफ्नो बचाउका लागि गरिने प्रयासका लागि जे पनि व्यक्त गर्नसक्ने भन्दै जबराले दिएको जवाफमा आपत्ति मान्नुपर्ने कुनै कारण नरहेको उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *