गठबन्धन दलबीच सिट बाँडफाँट सहमति नजिक पुगेको दाबी, भाेलि निष्कर्ष निकालिने

काठमाडौं । सत्तारुढ गठबन्धन दलहरुको बैठक सकिएको छ । आज साँझ बसेको बैठकमा पनि दलहरुबीच आगामी निर्वाचनका लागि सिट बाँटफाँटको विषयमा सहमति नजिक पुगेको ज्ञानेन्द्र कार्कीले बैठकपछि कुरा गर्दै सञ्चारकर्मीहरुसँग बताएका छन् ।

कार्कीले भोलि बिहान ११ बजे बस्ने गठबन्धनको बैठक सिट बाँडफाँटबारे एउटा ठोस निष्कर्ष दिने बताए । उनले सबै मोडालिटीअनुसार सिट बाँडफाँट हुने र कुन पार्टीले कति छाेड्ने भन्नेबारे न्यायाेचित ढंगले निर्णय गरिने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *