काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग सत्तारुढ घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले भेटवार्ता गरेका छन् ।
आज अपराह्न शीतल निवासमा उनीहरुबीच भेटवार्ता भएको हो ।
भेटमा राष्ट्रपति भण्डारीले नागरिकता विधेयकबारे चासो राखेकी थिइन् ।
अंगीकृत नागरिकताको बारेमा राष्ट्रपति ज्युले राख्नु भएको चासो र आफूहरुको धारणा समान भएको तर संसदमा यो विषयमा राष्ट्रिय सहमति बन्न नसकेपछि त्यस विषयमा विधेयकमा कुनै नयाँ व्यवस्था नगरिएको बताए ।
‘तत्काल जन्मसिद्ध नागरिकका सन्ततिहरु राज्यविहिन बन्ने अवस्था अन्त्य गर्नका लागि यो विधेयक ल्याइएको हो’, प्रचण्डले भने, ‘यो विधेयक ओलिजीले पेश गरि राष्ट्रपति(तपाई)द्वारा प्रमाणीकरण गरिएको अध्यादेशको व्यवस्था अनुसार रहेको छ ।’

Leave a Reply