परमादेशदेखि बालुवाटार प्रकरणसम्म- चोलेन्द्रले यसरी खोले सबैका पोल

काठमाडौं । आफूविरुद्धको महाअभियोग प्रस्तावको फेस गर्न संसदीय समितिमा उपस्थित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महाअभियोग सिफारिस समितिले लिखित प्रश्न सोध्नुअघि सत्ता गठबन्धनदेखि सर्वोच्चका न्यायाधीश र बार पदाधिकारीमाथि समेत गम्भीर अभियोगहरु लगाएका छन् ।

राणाले समितिसमक्ष उपस्थित भएर रेकर्ड गराएको बयानका आधारमा कतिपय न्यायाधीशलाई महाअभियोग लगाउने आधारसमेत तयार भएका छन् भने सत्ता गठबन्धनले न्यायपालिकासँग सौदाबाजी गरेर परमादेशमार्फत केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाइएको खुलासासमेत भएको छ ।

राणाले तत्कालीन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा.बाबुराम भट्टराई मुछिएको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लगिएको सन्दर्भमा मन्त्रिपरिषदको निर्णयको आधारमा प्रधानमन्त्रीलाई पनि मुद्दा चलाइनुपर्ने सन्दर्भमा मुद्दाको फैसलाको मिति तोकिएपछि आफूमाथि महाअभियोग लगाइएकोसमेत खुलासा गरेका छन् ।

महाअभियोग सिफारिस समितिसमक्ष राणाले दिएको बयानलाई समितिले झारा टार्ने हिसाबले मात्र लिन्छ कि गम्भीरतापूर्वक लिएर छानबिन अघि बढाउँछ ? अब प्रश्न समितितिर सोझिएको छ । राणाले आफूमाथिको आरोपको जवाफ दिँदै गर्दा सर्वोच्च अदालतका भावी प्रधानन्यायाधीशदेखि सत्ता गठबन्धनका शीर्ष नेताहरुमाथि समेत प्रश्नहरु उठाएका छन् ।

परमादेशको पतलुन उत्रियो

राणाले २०७८ असार २८ गतेको फैसला सौदाबाजीमा आएको स्वीकार गरेका छन् । उनले परमादेशबाट केपी ओलीलाई सत्ताच्युत गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने फैसला गर्दा केही न्यायाधीशहरुलाई आश्वासन दिइएको बताएका छन् ।

जुन संवैधानिक इजलासले परमादेश जारी गरेको थियो, त्यही इजलासका अध्यक्ष रहेका राणाले असार २८ को फैसलाका सन्दर्भमा न्यायाधीशहरुलाई आश्वासन दिइएकोमा आफू प्रस्ट रहेको बताउनुले बाँकी न्यायाधीशमाथि प्रश्न उठेको छ । इजलासमा उनीसहित दीपक कार्की, मीरा खड्का, आनन्दमोहन भट्टराई र ईश्वर खतिवडा थिए ।

सोही आश्वासनअनुसार दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउन आफूमाथि महाअभियोग लगाइएको राणाको भनाइ छ । मीरा खड्कालाई परमादेशबापत थप चार महिना जागिर थमाइएको थियो । राणाको यो बयानसँगै असार २८ को फैसलामाथि नेपाल प्रेसले १० सिरिजमा उठाएका प्रश्नहरुले समेत वैधानिकता पाएका छन् ।

बार पदाधिकारीको बार्गेनिङ नमान्दा..

राणाले उठाएको अर्को गम्भीर विषय भनेको नेपाल बार र सर्वोच्च बार एसोसियसनका पदाधिकारीको भ्रष्ट चरित्रको बारेमा पनि छ । राणाविरुद्ध न्यायाधीशहरुलाई समेत हड्तालमा उतार्ने तत्कालीन बार पदाधिकारीले उनीसँग न्यायाधीश र मुद्दामा बार्गेनिङ गरेको खुलासा भएको छ ।

तत्कालीन बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ र महासचिव लीलामणि पौडेलले उच्च अदालत तथा सर्वोच्च अदालतको न्यायाधीशमा भाग मागेको दाबी राणाले गरेका छन् । पौडेलको न्यायाधीश हुने योग्यता नपुगेकाले आफूले काम गर्न नसक्दा आन्दोलन गरिएको उनको भनाइ छ । त्यस्तै सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले मुद्दामा सेटिङ गर्न खोज्दा नमानेपछि उनी आन्दोलनमा उत्रिएको राणाले बताएका छन् ।

राणाले बार आन्दोलनको कभरमा सेटिङबाट मुद्दा जिताउन नपाउनेहरु आफूविरुद्ध उत्रिएको बताएका छन् ।

बालुवाटारको फैसला हुन लागेपछि

राणाले समितिमा उभिएर दिएको बयानको अर्को महत्वपूर्ण पाटो हो बालुवाटार जग्गा प्रकरणको मुद्दा फैसला । राणाकै इजलासमा अन्तिम सुनुवाइ भएर बालुवाटार जग्गा प्रकरणको फैसलाको मिति तोकिएको थियो । बालुवाटारको जग्गा व्यक्तिको नाममा लैजाने सन्दर्भमा मन्त्रिपरिषदको निर्णयका आधारमा बाबुराम भट्टराई र माधव नेपाल पनि जेल जाने डरले आफूविरुद्ध फैसलाअघि नै महाअभियोग लगाइएको राणाको आशंका छ ।

यसले भविष्यमा भ्रष्टाचारसम्बन्धी मुद्दामा ठूला नेता मुछिएको अवस्थामा कुनै पनि न्यायाधीशले फैसला गर्ने आँट गर्न सक्दैन भन्ने सिद्ध गर्न खोजिएको उनको भनाइ छ ।

Comments

9 responses to “परमादेशदेखि बालुवाटार प्रकरणसम्म- चोलेन्द्रले यसरी खोले सबैका पोल”

  1. ksp pyl Avatar
    ksp pyl

    एकदम सही कुरा। न्यायालयका दलालहरू चिनियो। मुख्य दलाल बार रे‌‌ त्यसपछि न्यायाधिश् पूर्व न्यायाधिस र दल हुन्।

  2. nagendra Avatar
    nagendra

    जनमतलाई बिखन्डित पार्न, तहस नहस गर्न के के गरियो, कस्ता कस्ता सक्ती केन्द्र प्रयोग भए अनी किन … यसरी खुल्दै छन, पर्दा पछाडिको रहस्य र कर्तुहरु अनी त्येशका खेलाडीहरु !! यसै देशमा भाद्भैलो मच्चिएको छैन नि !!
    यो देख्ने र बुझ्ने छन नि है धेरै, बिबेक भएका मान्छे !!

  3. Manoj Avatar
    Manoj

    छानबिन गर

  4. bharat kumar Thapa Avatar

    यसरी देश माथि गद्दार गर्दा हामीले टुलुटुलु हेर्ने सिवाय केही रहेन” लाज पनि लजायो होला “

  5. Tara Nidhi Panta Avatar
    Tara Nidhi Panta

    Wao great Cholendra, go ahead and do nit worry even if you are punished ! Nepalese people always with you

  6. Shrestha shankar Avatar
    Shrestha shankar

    अब केही हुँदैन । गलत नियत को परिणाम हो। चोलेन्द्र श्रीमान को ! श्रीमान ले उतिनै बेला यी कुरा राखेर पत्रकार सम्मेलनमार्फत जानकारी दिनु प्रथ्यो

  7. न्यायप्रेमि Avatar
    न्यायप्रेमि

    दलाल देशद्रोहि गठबन्दनको पाप धुरिबाट कराईऊँदै छ यसबाट परमादेश सड्यन्तरबाटै आेको पुष्टि हुन्छ अब प्रश्न उठेका अरू न्यायधिशहरूलाइ पनि निलम्बन गरि छानविन गर्नु पर्छ यस्ता नायायाधिश इश्वर खतिोडाहरुलाइ एकछिन पनि पदमा बस्ने हक छैन्।

  8. Gobardhan Bhattarai . Avatar
    Gobardhan Bhattarai .

    कुरा प्रस्ट आयो।अब ललितानिवास जग्गाप्रकरणमा कानुनी कार्व्वही हुनैपर्छ ।कनुनलाइ खेलाउना बनाउनेलाइकार्वाही।कानुनमिच्न पाइदैन,देश सबैको हो ।प्र न्या अनुसारकोबयानको कार्वाही गर्नैपर्छ,सम्सदीय समिती किन बिक्छ ?

  9. Yam Magar Avatar
    Yam Magar

    यस्तै भ्रष्ट दलाल नेताहरुले गर्दा नै न्याय दिने निकाय नै यस्तो दलदलमा फसेको छ…🇳🇵🇳🇵🇳🇵🇳🇵

Leave a Reply

Your email address will not be published. Required fields are marked *