काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूविरुद्ध गुटबन्दी गर्ने र न्यापालिका सिध्याउन उद्यत भावी प्रधानन्यायाधीशहरूमाथि समेत फायर खोलेका छन् ।
कामु प्रधानन्यायाधीश दीपक कार्की र लगत्तै हुनेवाला प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमात्र होइन त्यसपछिका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतका पोलसमेत राणाले महाअभियोग सिफारिस समितिसमक्ष खोलेका छन् ।
सिफारिस समितिसक्ष बयान दिने क्रममा राणाले प्रकाशमान सिंह राउत नैतिक, आर्थिक र चारित्रिकरूपमा पतित व्यक्ति भएको भन्दै यस्ता व्यक्तिहरू आफ्नोविरुद्धमा लागेको बताए । राणाले राउतको बारेमा गरेका तीनबुँदे टिप्पणी यसप्रकार छन् ।
१: मुद्दा हेर्दा हेर्दैमा राख्ने र सेटिङ गरेर आर्थिक लेनदेनपछिमात्र फैसला गर्ने
२: जाँड खाएर पटकपटक भट्टीबाट ड्राइभर र सेक्युरिटीले गाडीमा उठाएर लैजानुपर्ने
३: श्रीमती (ललिता) लाई धाकधम्की दिएर सम्बन्धबिच्छेदको लागि बाध्य पार्ने नैतिकरूपमा पतित भएको ।

Leave a Reply